भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते

न्युजलय ११ पुस २०८१, बिहिबार ०८:३६ मा प्रकाशित

काठमाडौं । भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ  । प्रहरीका अनुसार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ भने बाँकीको भोजपुर अस्पताल र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको बताइएको छ  ।