धरानकी महिला व्यवसायी सुनिता केसी मृत फेला

न्युजलय २२ फाल्गुण २०७८, आइतबार ०९:०८ मा प्रकाशित

धरान । विभिन्न सङ्घसंस्थामा आवद्ध रहेकी धरान–१५ की सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी छन् । 

पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्यसमेत रहेकी केसी घरको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी महिला सञ्जाल धरान नगरकी सदस्य समेत हुन् । 

केसी नेपाल पत्रकार महासङ्घ सुनसरीकी साधारण सदस्य समेत हुन् । मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । प्रहरीका अनुसार घटनास्थल छानबिन गरिरहेको जनाएको छ ।