रामधुनीमा गुणस्तरहीन प्याराफिट भत्काइने, पुनः निर्माणको तयारी

न्युजलय ९ असोज २०८२, बिहिबार ०८:०० मा प्रकाशित

इटहरी ।  रामधुनी नगरपालिका–९ धुराहा खेलमैदानमा निर्माण भइरहेको प्याराफिट गुणस्तरहीन देखिएपछि भत्काइने भएको छ। ल्याब परीक्षणमा कमसल प्रमाणित भएपछि प्याराफिट र स्ल्याब दुवै भत्काइने र पुनः निर्माण गरिने नगरपालिकाले जनाएको छ।

नगर कार्यपालिका बैठकले कार्तिक मसान्तभित्र गुणस्तरीय प्याराफिट तयार पार्ने गरी समय सीमा तोकेको थियो। प्राविधिक मापदण्ड अनुसार माथिल्लो तल्ला ढलान गर्दा जाम हुनुपर्ने भए पनि कमसल पदार्थ प्रयोग भएकाले समस्या देखिएको हो।

प्याराफिटको अवस्थाबारे जानकारी लिन रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा स्थलमा पुगेकी थिइन्।