चिर्पटले हानेर श्रीमतीको हत्या

न्युजलय २८ चैत २०७८, सोमबार ०७:०० मा प्रकाशित

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ५ मा चिर्पटले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । 

शौचालयमा बसिरहेकी ३७ वर्षीया नानु खनाललाई चिर्पटले हानेर श्रीमान पोष्टराज दाहालले हत्या गरेका हुन् । 

घरायसी विवादमा मुर्मुरिएका दाहालले शौचालय बसी रहेकै स्थानमा गएर दाउराको चिर्पटले हिर्काएका थिए । उनलाई हत्या गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ । 

पत्नीको घटनास्थलमा नै ज्यान गएको थियो । प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि कटारी अस्पताल लगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।