विराटनगर । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले बुधबार पदबाट राजीनामा दिएका छन् ।
स्थानीय तहको निर्वाचन हुन लागेको र आफू पार्टीको केन्द्रीय सदस्य भएकाले पार्टीको प्रचारप्रसार तथा निर्वाचनसम्बन्धी अभियानमा सहभागी हुनुपर्ने भएकाले राजीनामा दिएको उनले बताए ।
नेपालको संविधानको धारा २१६ को उपधार ८ (क) बमोजिम आफूले आजैदेखि लागु हुनेगरी राजीनामा दिएको उनले बताए ।
टिकटका लागि काठमाडौंमा नेताहरूसँग लबिङका लागि गएका मेयर पराजुलीले उतैबाट राजीनामा पत्र पठाएका हुन् ।