विराटनगर । मोरङको मिक्लाजुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घटना भएको हो।
प्रहरीका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–२ र इलामको चुलाचुली गाउँपालिका–६ को सिमानामा पर्ने नुनसरी खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा मिक्लाजुङ–८ का २९ वर्षीय नगेन्द्र बस्नेतको मृत्यु भएको हो।
विद्युत प्रवाह गरेर माछा मार्दै गर्दा करेन्ट लागेर बस्नेत गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको बिहीबार साँझ उर्लाबारीस्थित अरनिको अस्पतालमा मृत्य भएको हो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।