डा. गोबिन्द केसी संखुवासभाका बिरामीको निशुल्क उपचार गर्दै

न्युजलय १८ जेठ २०७९, बुधबार १०:३२ मा प्रकाशित

काठमाण्डौ । अर्थोपेडिक सर्जन डाक्टर गोविन्द केसी संखुवासभाको जिल्ला अस्पताल खाँदबारी आइपुगेका छन् । संखुवासभा आइपुगेका डा.केसीले सोमबारबाट निःशुल्क स्वास्थ्य सेवा दिने थालेका हुन् । 

केसी स्वास्थ्य क्षेत्रको परिर्वतनका लागि भन्दै विभिन्न जिल्ला पुगेर अनसन बस्ने गरेको भएपनि यो पटक स्वास्थसेवा दिन पहाडी जिल्लामा छन् । दुर्गमका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन केसी जिल्ला दौडाहा छन् । डा. केसी प्रदेश नम्बर १ का खोटाङ, भोजपुरमा सेवा दिँदै संखुवासभा आइपुगेका हुन् । 

१ नम्बर प्रदेशका विभिन्न पहाडी जिल्लामा हाडजोर्नीको निःशुल्क उपचार गर्दै हिडेका डा। केसीले एक साता संखसवासभा जिल्ला अस्पतालमा दिने अस्पताल प्रशासनले जनाएको छ । 

डाक्टर केसी खाँदबारीमा उपचार गर्न आएको थाहा पाएपछि हाडजोर्नी तथा नशा रोगका बिरामीको भीड लागेको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा उपचारमा खटिएका केसीलाई भेट्न र उपचार गराउन संखुवासभा र भोजपुरका उत्तरी क्षेत्रका बिरामी आउन थालेका छन् ।