धरान । धरान–४ का वडाध्यक्ष मानबहादुर राईले नेकपा एमाले परित्याग गरेका छन् । एमाले परित्याग गरेका राई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
०७४ को चुनावमा राईसहित धरान उपमहानगरपालिकामा १४ वडाध्यक्ष जितेको थियो ।
एमाले परित्याग गरेका राई एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार बन्ने अनुमान गरिएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट यो वडा एकीकृत समाजवादीलाई दिइएको छ ।