२० किलो चाँदीसहित विराटनगरका दुई पक्राउ

न्युजलय १३ भदौ २०८०, बुधबार ०५:१३ मा प्रकाशित

विराटनगर । विराटनगरका दुईजनालाई २० किलो चाँदीसहित प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरबाट अवैध रूपमा काठमाडौँ लैजाँदै गरेको २० केजी चाँदीसहित प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको हो ।

प्रदेश ०१–०२५ च १०६९ नं को निजी कारको पछाडि सिटमुनि लुकाएर लैजाँदै गरेको २० किलो चाँदीसहित विराटनगर महानगरपालिका–५ का २५ वर्षीय रोहितकुमार यादव र विराटनगर बस्दै आएका ३७ वर्षीय शेचन मानन्धरलाई पक्राउ गरेको हो ।

चार वटा पोका बनाएर लुकाइ ल्याइएको चाँदी हालको मूल्य अनुसार २४ लाख ६१ बराबरको छ ।

चाँदीको स्रोत फेला नपरेपछि आवश्यक कारबाहीका लागि सवारी साधनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिइएको चाँदी र सवारी साधनलाई आन्तरिक राजश्व कार्यालयमा पठाइने प्रहरीले जनाएको छ ।