शेयर बजार झन्डै ८ अङ्कले घट्यो

न्युजलय ५ भदौ २०७९, आइतबार ०९:१२ मा प्रकाशित

 काठमाण्डौ । आइतवार शेयर बजार घटेको छ । दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा ७ दशमलव ७२ अङ्कले घटेर २ हजार ६० दशमलव ५५ विन्दुमा झरेको छ ।

आज बैंक, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय १८ वटा कम्पनीको ५३ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब चार करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । 

सबैभन्दा धेरै रिडी हाइड्रो पावरको १२ करोड २८ लाख र अपी पावर कम्पनीको १० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।