काठमाण्डौ । बुधबार(आज) सुनचाँदीको भाउ बढेको छ।
मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार आठ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।