स्थानीय नेतृत्वमा महिला सहभागिता गराउने काम एमालेले सुत्रपात गरेको हो : प्रदेश अध्यक्ष न्यौपाने

शंकर खत्री २१ पुस २०७८, बुधबार ०१:३१ मा प्रकाशित

इटहरी । नेपाल कम्यूनिष्ट पार्टी एमालेका प्रदेश एक अध्यक्ष तुलसी प्रसाद न्यौपानेले स्थानीय स्तरको नेतृत्वमा महिला सहभागितको सुत्रपात एमालेले गरेको बताएका छन् । 


मंगलबार सुनसरीको इटहरीमा सि.डि.डब्लू.एनले आयोजना गरेको ‘‘लैङ्गिक समानता तथा राजनीतिक प्रक्रियामा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भूमिका अभिवृद्धिमा पालिका प्रमुख र वडा अध्यक्षको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुदलीय व्यवस्था आउने वित्तिकै अध्यायदेश ल्याएर भए पनि एमालेले पहिलोपटक स्थानीय निकायमा महिला सहभागिता सुनिश्चित गरेको बताएका हुन् ।


‘म जुन राजनीतिक पार्टी (नेकपा एमाले)मा सम्बद्ध छु त्यसले देशमा बहुदलीय शासन व्यवस्था स्थापना हुने वित्तिक्कै २०४९ सालमा स्थानीय निकायको निर्वाचनमा अध्यायदेश ल्याएर नै वडामा एक जना महिला र एक जना दलितलाई ल्याउने बन्दोबस्ताबाट सुरु गरेको हो’, उनले भने, ‘यो व्यवस्था पहिला थिएन् । हामीले त्यो वेला अध्यायदेश ल्याएर वडामा एक जना महिला अनिवार्य हुने व्यवस्था गरेका हौँ । 


एमालेले नै समावेशीताको सुत्रपात गरेको उनको दावि छ । एमाले त्यो वेला सुरु गरेको समावेशीताको अभ्यास आज आएर सबै पार्टी र ठाउँमा हुने गरेको उनले बताए । तर, अहिले पनि महिलाहरु उलेख्य मात्रामा पार्टी तथा स्थानीय तहको प्रमुख पदमा आउन नसकेको उनको भनाइ छ । सोहि कारण महिलाले सन्तोस मान्ने अवस्था नरहेको उहाँले बताउनुभयो । तर, एमालेले भने महिला सहभागितालाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ । 


पार्टीको १० औँ महाधिवेशनमा एमालेले ३३ प्रतिशत् महिला सहभागिता अनिर्वाय गरेको न्यौपनानेले जानकारी दिए । ‘हामीले भरखरै पार्टीको १० औँ महाधिवेशन सम्पन्न गरेको छौँ’, उनले भने, ‘हामीले पार्टीको सबै निकायमा ३३ प्रतिशत् महिला अनिर्वाय हुनैपर्ने बाध्यकारी व्यवस्था गरेका छौँ । महिला पुगेनन् भने खालि हुन्छ तर त्यहाँ अरु राख्दैनौँ भनेर हामीले विधानमा नै उल्लेख गर्यौँ । सोहि बमोजिम महाधिवेशनमा ३३ प्रतिशत् महिला एमाले नेतृत्वमा आएका छन् ।’