काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा ३१२ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण थप २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर १० हजार ९० सक्रिय संक्रमित रहेका जनाइएको छ ।