काठमाडौं । अक्षय कुमार अभिनित नयाँ फिल्म ‘बच्चन पाण्डे’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ ।
फराद सामजीको निर्देशनमा बनेको यो क्राइम कमेडी फिल्म हो । यो फिल्ममा अक्षयसँगै कृती सेनन, हर्षद वारसी, ज्याकलिन फर्नान्डिस, पंकज त्रिपाठीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। .
अधिकांश फिल्ममा समाजको रक्षक तथा राष्ट्रिय नायकको भूमिकामा देखिँदै आएका अक्षय 'बच्चन पाण्डे' मा भने एउटा हत्याराको भूमिकामा देखिँदै छन्। फिल्म आउँदो मार्च १८ देखि प्रदर्शनमा आउँदैछ। बच्चन पाण्डे बाहेक यस वर्ष अक्षयका अरु ५ फिल्म प्रदर्शनको तयारीमा रहेका छन्।