काठमाडौं । नेपालमा शुक्रबार विश्व अन्डा दिवस मनाइएको छ । यो वर्ष ‘उत्कृष्ट जीवनका लागि अन्डा’ मूल नारासहित विश्वभर दिवस मनाइएको छ।
नेपालमा मागभन्दा बढी अन्डा उत्पादन हुने गरे पनि विश्वको तुलनामा उपयोग निकै कम रहेको उनको भनाइ छ । विश्व अन्डा आयोगको रिपोर्टअनुसार विश्वभरि प्रतिव्यक्ति प्रतिवर्ष औसत अन्डा खपत १७९ वटा छ तर नेपालमा ४४ वटा मात्र छ। अमेरिकामा वार्षिक प्रतिव्यक्ति अन्डाको उपभोग २५१ वटा छ।
गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड वटा बढी अन्डा उत्पादन भएको संघको तथ्यांक छ।
एउटा अन्डाले ७० किलो क्यालोरी शक्ति, करिब ६.३ ग्राम उच्च गुणस्तरको प्रोटिन, पाँच ग्राम चिल्लो पदार्थ, भिटामिन–ए, भिटामिन–बी–२, भिटामिन–बी–५, भिटामिन–बी–६, भिटामिन–बी–७, भिटामिन–बी–९, भिटामिन–बी–१२, भिटामिन–डी, भिटामिन–ई, भिटामिन–के, कोलिनस फस्फोरस, जिंक, सेलेनियम, फलाम, आयोडिन गरी विभिन्न प्रकारका आवश्यक भिटामिन र खनिज उपलब्ध गराउने संघका महासचिव प्रवीण केसीले बताए।
अन्डामा पाइने समग्र प्रोटिनमध्ये करिब ३।६ ग्राम सेतो भागबाट र करिब २।७ ग्राम पहेलो भागबाट प्राप्त हुन्छ। मानिसलाई दैनिक आवश्यक पर्ने प्रोटिनको मात्राको १७ देखि २० प्रतिशत प्रोटिन एउटा अन्डाले पूर्ति गर्छ।