इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक रुपमा विपन्न परिवारको निधनमा निःशुल्क दाहसंस्कार गर्दै आएको छ । अहिलेसम्म १०४ जना विपन्नलाई दाहसंस्कारमा सहयोग गरिएको उपमहानगरले जनाएको छ ।
यसअघि घरदेखि घाटसम्म शववाहन निःशुल्क गरेको उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभावमा दाउरा लगायतका सामग्री किन्न आर्थिक समस्या भएकाहरुका लागि बुढी गंगा मुक्त्ती घाटमा निःशुल्क दाहसंस्कार गरिदै आएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।