काठमाडौं । चैत १५ गते बुधबार डिजिटल वालेट ईसेवाको सेवा अवरुद्ध हुने भएको छ । दोस्रो चरणको डेटावेस अपग्रेडका लागि करिब आधा घण्टा सेवा अवरुद्ध हुने भएको हो ।
कम्पनीका अनुसार बुधबार बिहान ३ बजेदेखि साढे ३ बजेसम्म ईसेवाको सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन् ।
‘ईसेवाको दोस्रो चरणको डेटा भर्सन अपग्रेड (2nd Phase Database Version Upgrade) सम्बन्धी कार्य गर्नका लागि मिति २०७९ चैत्र १५ गते, बुधबार बिहान ३ः०० बजे देखि ३ः३० बजेसम्म इसेवाका सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन्,’ कम्पनीको सूचनामा भनिएको छ ।