ब्राउनसुगरसहित मोरङबाट एक जना पक्राउ

न्युजलय ११ फाल्गुण २०७८, बुधबार ०७:१७ मा प्रकाशित

काठमाडौं । मोरङमा प्रहरीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ।

विराटनगर –१२ का कुनाल सिंहलाई ३२ ग्राम ब्राउनसुगर र एउटा डिजिटल तराजुसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। 

विशेष सूचनाका आधारमा मंगलबार बेलुका लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सिंहलाई पक्राउ गरेको हो।

प्रहरीले को ३३ प ३३१४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।