झापा। कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।
जिल्ला भूमि समस्या समाधान समितिले उनीहरुलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहेका छन्।
यसअघि यही ८ साउनमा समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो। नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई धनीपुर्जा वितरण गरिएको थियो।
तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९–८० देखि लगत संकलनको काम सुरु गरेकोमा यस नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकिएको भूमि प्रशासन शाखाले जनाएको छ ।