भारतमा सर्पले डसेर इलामका युवाको मृत्यु

न्युजलय ३१ असोज २०८१, बिहिबार ०५:४१ मा प्रकाशित

इलाम । भारतको केरलामा सर्पले डसेर नेपाल इलामका एक युवाको मृत्यु भएको छ । 

इलामको सूर्योदय नगरपालिका–१४ भुतेनी टोलका २९ वर्षे मनकुमार योङहाङ सर्पले डसेर मृत्यु भएको हो । रोजगारीका लागि तीन वर्षयता केरलामा रहेका योङहाङलाई सोमबार बिहान गाईको गोबर फ्याँक्ने क्रममा विषालु सर्पले डसेको थियो ।

उपचार क्रममा हिजो साँझ मनकुमारको मृत्यु भएको बताइएको छ । योङहाङका बुबा पनि रोजगारीका क्रममा केरलामै छन् । मनकुमारका पत्नी र छोरी छन् ।