काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५८ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ५०४ वटा नमुनामा परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ३५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ पुगेको छ ।
आज थप दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।