सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ खुल्दै

न्युजलय ३० फाल्गुण २०७९, मङ्गलबार ०५:३० मा प्रकाशित

काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले आईपीओ बिक्री खुला गर्न लागेको छ । उक्त आईपीओ चैत ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको छ । 

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । 

यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरूको लागि ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर र ३ प्रतिशत अर्थात कम्पनीका कर्मचारीहरूका लागि १ लाख ३१ हजार ४० कित्ता सेयर सुरक्षित गरिएको छ । बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । 

यस आईपीओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।