महन्थ ठाकुरः सरकारसँग भएको सहमति कार्यान्वयन नभए सडकमा उत्रिनेछौं

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार १०:०१ मा प्रकाशित

काठमाडौं । लोकतन्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सहमति कार्यान्वयन नभएर फेरि आन्दोलनमा उत्रने बताएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानमा अझै आफूहरुको असन्तुष्टि रहेको भन्दै सरकारसँग भएका सहमति कार्यान्वयनको माग गरेका हुन्। 

नागरिकता र जेलमा रहेका आफ्ना पार्टीका नेताहरुको रिहाई हुनुपर्ने उनले बताए।