इटहरी । सुनसरीको झुम्का चतरा सडक खण्ड अन्तर्गत वराहक्षेत्र नगरपालिका ४ पिडारीमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार चतराबाट झुम्का तर्फ जानेक्रममा बस पिढारी स्थित पुलमा ठोक्किदा गाडीमा सवार गाडी मालिकको मृत्यु भएको हो भने दुर्घटनामा १० जना घाइते भएका छन्।
प्रदेश १ ०२ ००१ ख ९५०४ नं.को बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडी मालिक वराहक्षेत्र नगरपालिका १ चतराका ४० वर्षीय सरोज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसका चालक वराहक्षेत्र १ चतराका २५ वर्षीय सनम श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।