देशभर एनसेलको नेटवर्क डाउन

न्युजलय २२ मङ्सिर २०७९, बिहिबार ०९:४६ मा प्रकाशित

काठमाडौं । निजी सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ । 

आज बिहानदेखि नै फोन नलाग्ने समस्या आएको हो । एनसेलमा बेला बेलामा नेटवर्क देखाएपनि फोन लाग्दैन । अहिलेसम्म समस्याको कारण एनसेलले खुलाएको छैन ।

सडक मर्मतको क्रममा अप्टिकल फाइबर टुट्दा केही समस्या देखिएको बताइएको छ । एनसेलले बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी सडकमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरु४ भएको भन्दै क्षमा मागेको छ ।

एनसेलले ट्वीटमा भने सेवामा समस्या आएको भनेर जानकरी गराएको छ ।


‘