काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलवार दिउँसो काठमाडौं आइपुगेका थानी बुधवार दिउँसो स्वदेश फर्किएका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
यसअघि उनी प्रधानमन्त्री दाहालले द्वारिका होटलमा आयोजना गरेको दिवाभोजमा सहभागी बनेका थिए ।