मानापाथी हिमालमा हिउँपहिरो

न्युजलय २१ फाल्गुण २०७८, शनिवार ०७:३८ मा प्रकाशित

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका—२ मानापाथी हिमालको फेंदमा हिउँ पहिरो गएको छ। 

शनिबार(आज) बिहान करिव ४ बजे गएको हिउँपहिरोले पुरिएर पानापाथी हिमालको फेदनजिक खर्कको गोठमा रहेका १५ वटा चौरी मरेको जनाइएको छ।

थासाङ—२ नाउँरिकोटकी स्थानीय शुशिला गौचन र उनका भाइ नरप्रसाद गौचनको गोठमा रहेका ३९ वटा चौरीमध्ये १५ वटा चौरी हिउँपहिरोमा पुरिएर मरेको बताइएको छ । 

हिउँपहिरोको घटनापछि अहिले त्यसक्षेत्रका स्थानीयबासी र प्रहरीको टोलीले चौरी खोज्ने र घटनाको विवरण संकलन गर्ने काम गरेको बताइएको छ ।