कक्षा–१२ को नतिजा भोली सार्वजनिक हुने

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार ०९:४६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल शुक्रबार(भोली) प्रकाशित गर्ने भएको छ । 

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले भोलिसम्ममा नतिजा सार्वजनिक गरिने तयारी रहेको बताएका हुन् ।

गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।