काठमाडौं । सेयर बजार आइतबार(आज) १७.९५ अंकले बढेको छ । आज नेप्से परिसूचक २२६५.५७ अंकमा पुगेको छ ।
एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६ सय रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । २३३ वटा कम्पनीका ३३ लाख ४१ हजार २१४ कित्ता सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै सेयर कारोबार नागरिक लगानी कोषको भएको छ । सो कम्पनीको ७ करोड ५३ लाख ५९ हजार ४ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
सबैभन्दा धेरै सेयर मूल्य जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको वृद्धि भएको छ । सो कम्पनीको शेयरको १० प्रतिशत मूल्यवृद्धि भएको हो ।