इटहरी । होलीको अवसरमा इटहरीमा लोकप्रिय गायक शिव परियार आउने भएका छन् ।
चैत्र ३ गते इटहरीस्थित बिग बार एण्ड ग्रिलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा सहभागी हुन परियार इटहरी आउने भएका हुन ।
बिभिन्न साङ्गीतिक इभेन्ट गदै आएको बारले तराईको होलीको अघिल्लो दिन बिहीबार साँझ परियारको एकल साङ्गीतिक साँझ हुने बताएको छ ।
कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुने बताइएको छ ।