कुलमान घिसिङकी श्रीमती दीपा राप्रपा धादिङको उपाध्यक्षमा चयन

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार ०५:०९ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धादिङ जिल्ला उपाध्यक्षमा चयन भएकी छन्।

धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङ उपाध्यक्षमा चयन भएकी हुन्। 

राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको छ। राप्रपा धादिङको गत कात्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुब खनाल अध्यक्षसहित ३१ जना निर्वाचित भएका थिए।