मुस्ताङमा भीषण हिमपहिरो

न्युजलय २८ कार्तिक २०७८, आइतबार ०७:४४ मा प्रकाशित

काठमाडौं । मुस्ताङमा हिमपहिरो गएको छ । थासाङ गाउँपालिका–२ स्थित हिमालमा हिमपहिरो गएको हो । 

हिमपहिरो झरेपछि भाग्ने क्रममा ६ विद्यार्थी र एक शिक्षक घाइते भएको मुस्ताङ प्रहरीले जनाएको छ । 

प्रहरी घटनास्थलमा पुगिसकेको छ । थप क्षतिको विवरण आउन बाँकी छ ।