काठमाडौं । १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बालिकाको बलात्कारपछि हत्या गरको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
मोरङको बेलबारी–८ की बालिकालाई ललाई फकाई घरमा कोही नभएको मौका छोपेर झाडीमा लगि बलात्करपछि हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।