सुनचाँदीको मूल्य घट्यो

न्युजलय २५ असार २०८३, बिहिबार ०१:३४ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।

बुधबारको तुलनामा सुन तोलामा रु दुई हजार ४०० र चाँदी १६० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य १६० ले घटेर चार हजार ३४० कायम भएको छ ।