काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरुलाई रक्सी नखान निर्देशन दिएका छन् ।
शनिबार(आज) काठमाडौँमा समाजवादी प्रेस संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रक्सी खान नजानू भन्दै निर्देशन दिएका हुन् ।
अध्यक्ष नेपालले खानैका लागि पाँच तारे होटल नधाउन र खान पाएकै आधारमा राक्षसलाई देउता नबनाउन समेत अह्राए । रक्सी खाएको थाहा पाएमा आफूले राम्रो नमान्ने चेतवनी समेत उनले दिए ।
पत्रकारहरुलाई कुनै पनि आर्थिक प्रलोभनमा नपर्न समेत उनले सुझाव दिए । साथै पार्टीका नेताहरुलाई समेत रक्सी नखान भनेका छन् ।