भीम आचार्य अस्पताल भर्ना

न्युजलय १२ मङ्सिर २०७८, आइतबार ०९:३९ मा प्रकाशित

काठमाण्डौ ।  नेकपा एमालेका नेता भीम आचार्यलाई कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । 

एमालेको १० औं महाधिवेशनस्थलमा रहेका नेता आचार्यलाई कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको हो ।

केही दिनअघि संक्रमण पुष्टी भएपछि उनी सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसिरहेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई भरतपुर अस्पताल लगिएको हो ।