नेप्से २२ अङ्कले घट्यो

न्युजलय १९ माघ २०७९, बिहिबार ०९:१९ मा प्रकाशित

काठमाण्डौ । शेयर बजार बिहीवार(आज ) उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १२ अङ्कले घटेर दुई हजार ९४ दशमलव ५४ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर घटेर बजार राताम्मे भएको दिन आज बीमा, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

आज दुई सय ५७ वटा कम्पनीका ५८ लाख ९८ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ६४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै स्टान्डर्ड चाटर्ड बैंकको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।