विवादपछि सरकारले फिर्ता लियो नागरिकतासम्बन्धी विधेयक

न्युजलय २२ असार २०७९, बुधबार ०१:४६ मा प्रकाशित

काठमाडौं । विवादकै कारण प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिने सरकारले निर्णय गरेको छ । 


विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ ।


२०७५ सालमा सरकारले ल्याएको विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरेको थियो । 


झण्डै चार वर्ष त्यसै रोकिएको विधेयक मंगलबार बसेको मन्त्रिपरिषद बैठकले फिर्ता लिने निर्णय गरेको हो।

 

यो विधेयक फिर्ता भएसँगै अब सरकारले नयाँ प्रक्रियाबाट अर्को विधेयक अघि बढाउने तयारी गरेको छ।