काठमाडौं । राष्ट्रिय दलित आयोगले प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’ हेर्न आह्वान गरेको छ ।
निर्माता सुवास भुसाललाई पत्र लेख्दै यो चलचित्र हेर्न आह्वान गरेको आयोगले जनाएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरूले हेरेर शिक्षा लिन सकिनेखालको रहेको उल्लेख छ ।
चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकाले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन आयोगको आग्रह छ ।
दिनेश राउतले निर्देशन गरेको चलचित्र विकाश सुवेदीले लेखेका हुन् ।
गत बिहीबार रिलिज भएको ‘पुजार सार्की’ दोस्रो हप्तामा चलिरहेको छ । चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बूलगायत कलाकार प्रमुख भूमिकामा छन् ।