विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भोजपुरबाटै चुनाव लड्ने घोषणा गरेका छन् ।
सुनसरी १ धरानबाट पार्टीले उम्मेदवार सिफारिस गरेपछि नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका राईले ४ बुँदे प्रष्टीकरण लेख्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे ।
उम्मेदवार सिफारिस नितान्त पार्टीको मूल्यांकन चाहनाको आधारमा भएकाले भन्दै उनले यसमा आफ्नो कुनै संकेत र माग नभएको बताए ।
राईले भोजपुर आफ्नो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला भएकाले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने कत्तिपनि सोच नभएको प्रष्ट्याएका छन् । २०७४ को चुनावमा राई भोजपुर प्रदेश ‘क’ मा एमालेबाट विजयी भएका थिए ।