विराटनगरमा आगलागी हुँदा चार वटा पसल जलेर नष्ट

न्युजलय ६ बैशाख २०७९, मङ्गलबार ०४:१८ मा प्रकाशित

मोरङ । विराटनगर–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ ।

कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ ।

उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान नियन्त्रणमा लिएको जनाइएको छ ।

आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताइएको छ । 

आगो नियन्त्रणका क्रममा विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका तीन कर्मचारी घाइते समेत भएका छन् । उनीहरुको स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।