थपिए ५३ जना कोरोना संक्रमित

न्युजलय १९ असार २०७९, आइतबार ०९:५७ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३ जना कोरोना संक्रमित थपिएका छन् । दुईहजार १२० वटा नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ ।

४७ हजार ४४ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।