प्रदेश १ मा एक साताभित्रै उच्च संक्रमण

न्युजलय २ माघ २०७८, आइतबार ०५:३६ मा प्रकाशित

विराटनगर । प्रदेश नम्बर १ मा एक सातामा दोब्बभन्दा धेरै कोरोनाका संक्रमत थपिएका छन् । 

सामाजिक विकास मन्त्रालयको पछिल्लो एक साताको तथ्यांकअनुसार भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा अधिक संक्रमित थपिएका छन् । एक साता अवधिमा मोरङमा ६२४ जनामा संक्रमण पुष्टि भएको छ ।

संख्याका हिसाबले प्रदेश नम्बर १ को राजधानी विराटनगर बढी प्रभावित भएको छ । एक सातामा विराटनगरमा ५४१ जना नयाँ संक्रमित थपिएका छन् । 

मोरङपछि सुनसरी र झापामा धेरै संक्रमित थपिएका छन् ।