मेघालयमा चार जनाको हत्या, एक जना इलामका रवि राई भएको पुष्टि

न्युजलय २३ असार २०८१, आइतबार ०३:०१ मा प्रकाशित

काठमाडौँ । भारतको मेघालयमा ४ जनाको घाँटी रेटेर हत्या गरिएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या गरिएको हो । तीमध्ये एक जना नेपाली भएको खुलेको छ भने अन्य तीन जना पनि नेपाली हुनसक्ने बताइएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।


पहिचान भएका मृतकमा इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । अन्य तीन जनाको परिचय खुल्न बाँकी छ । 


शवहरूको हात बाँधिएको थियो भने शरीरभरी धारिलो वस्तुले काटेका खतहरु थिए । उनीहरुलाई त्यही मारिएको हो वा कतैबाट ल्याएर फालिएको हो भन्ने बारे अनुसन्धान भइरहेको छ । हत्यापछि स्थानीयहरुमा त्रसित भएका छन् ।