माटोको ढिस्कोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु

न्युजलय १४ माघ २०७८, शुक्रबार ०४:३२ मा प्रकाशित

उदयपुर । उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेका ५६ वर्षीय झर्कबहादुर सार्की रहेका छन् ।

नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।