वीपी प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

न्युजलय २५ माघ २०७८, मङ्गलबार ०६:४१ मा प्रकाशित

काठमाडौं । धरानस्थित वीपी प्रतिष्ठानमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ताप्लेजुङ्गको याङवरकी ६५ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार(आज) बिहान मृत्यु भएको हो ।

माघ २३ गते कोरोना संक्रमण पुष्टि भएकी महिला सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।