इटहरीमा साहित्यकार लम्सालको संयोजकत्वमा भाषा, कला र साहित्य सृजना परिषद् गठन

न्युजलय १७ माघ २०७८, सोमबार ०१:५३ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा, कला र साहित्य सृजना परिषद् गठन गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य, कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद् गठन गरेको हो । 


परिषदको सह संयोजकमा मणिराज गुरुङं, टीका आत्रेय, सचिवमा बद्री भिखारी, सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहेका छन् । सदस्यहरुमा रीता ताम्राकार, सुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिशेख तिम्सिना, सोनु जयन्ती, दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नविन न्यौपाने हुनुहुन्छ । 


यसैगरी मोहन तुम्वाहांको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । उपप्रमुख लक्ष्मी गौतमले परिषदले इटहरीको कला, साहित्य र संगीतको विकासका लागि नगरपालिकालाई सुझाव तथा सल्लाह प्रदान गरि इटहरीको साहित्य संगीत र कला क्षेत्रका विकासमा महत्वपूर्ण कार्य गर्ने अपेक्षा गरिन् ।


संयोजक कृष्णविनोद लम्सालले साहित्य र कलाका सम्पूर्ण विधालाई समेटेर सवैपक्षको हित गर्ने कार्यविधि निर्माण गर्ने प्रतिवद्धता जनाए । उनले गरेर इटहरी नगरका भाषा भाषी र साहित्य कलालाई उन्नति प्रगति तर्फ उन्मुख गराउन परिषद अगाडि बढ्ने बताए । सो भेलामा सल्लाहकार संयोजक मोहन तुम्माहां, साहित्यकार तथा अग्रज पत्रकार कृष्ण अधिकारी, संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, लोक गायक बालकृष्ण कार्की लगायतका साहित्यकार कलाकारले बोले ।