‘धरान डे’ को उद्घाटन गर्न प्रधानमन्त्री देउवा धरानमा

न्युजलय २० पुस २०७८, मङ्गलबार ०८:११ मा प्रकाशित

धरान । धरान स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

गत पुष १४ गते बसेको कार्यपालिका बैठकले पुष २० गते “धरान डे”को अवसरमा धरान क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । धरानमा पुष २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णय गरेको छ । सोही अवसरमा आज सर्वाजानिक बिदा दिएको हो ।

पुष २० गते आधुनिक धरान सहर स्थापनाको १२१ औँ वर्ष पुग्दै छ । पब्लिक हाई स्कुलमा हुने धरान डे उत्सवमा ३ दिन विविध कार्यक्रमहरू हुनेछ ।

धरान डे कै अवसरमा आज बिहान धरानमा पदयात्रा सम्पन्न भएको छ । धरानको मुख्य चौक भानुचौकमा धरानका मेयर तिलक राईले सिट्ठी फुकेर सुरु भएको पदयात्राले धरानको माछाभौडी, पुरानो बजार, छाताचौक हुँदै पब्लिक हाईस्कुलको खेल मैदानमा पुगेर समापन भएको थियो ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा धरान आइपुगेका छन् ।