पोल्याण्डमा झापाका एक युवकको मृत्यु

न्युजलय २५ साउन २०७९, बुधबार ०५:०३ मा प्रकाशित

काठमाण्डौ । पोल्याण्डमा झापाका एक नेपाली युवकको मृत्यु भएको छ ​। 

झापा घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो ।

पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के कारणले मृत्यु भएको भन्ने खुलाइएको छैन । उनको शव अन्त्येष्टिको लागि नेपाल पठाउने अन्तिम तैयारी भइरहेको छ।