नेप्से परिसूचक ६.९० अंकले घट्यो

न्युजलय ५ चैत २०७९, आइतबार ०९:१५ मा प्रकाशित

काठमाण्डौ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार(आज) नेप्से परिसूचक ६.९० अंकले घटेको छ।

आज नेप्से ०.३६ प्रतिशतले घटेर १९२६.४० बिन्दुमा बन्द भएको छ। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन १ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँमा सीमित भएको छ।

आइतबार २५९ वटा धितोपत्रको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको हो। आज तीन वटा लघुवित्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ।